FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको सूदुर पश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा पर्ने बेलडाँडी गाउँपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन गरिएका ७५३ स्थानिय तहहरु मध्येको एउटा हो । कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित यो गाउंपालिका साविक रौतेली विचवा गा.वि.स.का ७ ८ र ९ वडाहरु,साविक बेलडाँडी गा.वि.स.का पुरै (१–९) वडाहरु समायोजन भइ गठन भएको एक  गाउंपालिका हो । यस गाउंपालिकामा जम्मा ५ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २९ कि.मि टाढा दक्षिण तर्फ रहेको यस गाउंपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउंपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र वर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । पहिले यो डाँडामा बेलका रुखहरुको जंगल रहेकोले सोहि जंगलको नामबाट यस गाउंपालिकाको नाम रहन गएको हो ।

 यस गाउँपालिकाको कुल क्षेत्रफल ३६.५४ वर्ग कि मी रहेको छ । बेलडाँडी गाउँपालिका कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र न. १ मा पर्दछ तथा ईलाका न. २ मा पर्दछ । बेलडाँडी गाउँपालिका २८.४६ उत्तरी अक्षांस तथा ८०.१६ पूर्वी देशान्तरमा अवस्थित रहेको छ । समुन्द्र सतह देखि २८० मिटर देखि ५०० मिटर उचाईमा रहेको यस गाउँपालिकामा उपोष्ण हावापानी भएको पाइन्छ । यस गाउँपालिकाको उत्तर दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज , पुर्वमा बेलौरी नगर पालिका र भारतको केहि भू-भाग , पूर्वमा बेलौरी नगरपालिका र पश्चिममा भारत को उत्तर प्रदेश को पिलिभित रहेको छ । बेलडाँडी गाउँपालिका अधिकांश समतल भू-भागले बनेको छ । यस गाउँपालिकाको जनघनत्व ८०४.४८ रहेको छ ।

१. १ क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुपः
कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित ३६.५४ वर्ग कि मी  क्षेत्रफलमा फैलिएको बेलडाँडी गाउंपालिकाको भु–आकृति स्वरुप करिब सबै जसो समतल रहेको छ । यस गाउँपालिकाको उत्तर दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज , पुर्वमा बेलौरी नगर पालिका र भारतको केहि भू-भाग , पश्चिममा भारत को उत्तर प्रदेश को पिलिभित रहेको छ ।

१.२ प्रशासकीय एवं राजनीतिक विभाजन

 
प्रदेश नं

७

अञ्चल

महाकाली

जिल्ला

कंचनपुर

गाउंपालिका

बेलडाँडी

गाउंपालिकाको केन्द्र

बेलडाँडी

निर्वाचन क्षेत्र नं

१

ईलाका नं

१ ख – साविक ३

वडा संख्या

५

१.३ जनसंख्या : २९४२८

 

 

३र संख्या परिवार संख्या र जनसंख्या सम्बन्धि विवरण

 

वडा नं

 

घर संख्या

परिवार संख्या
जनसंख्या

क्षेत्रफल

अन्य

पुरुष
महिला
जम्मा

१

७.८२ वर्ग कि मी

९७१

११४२

२

३६३३

३५०४

७१३९

२

८.८४ वर्ग कि मी

१०९३

१३२०

 

४४५२

४१५९

८६११

३

५.६४ वर्ग कि मी

८२६

८३२

३

२९७३

२८२६

५८०२

४

२.२४ वर्ग कि मी

३६१

३८१

 

११४४

१११०

२२५८

५

१२.० वर्ग कि मी

८५७

८६२

 

२८७८

२७४४

५६२२

hDdf

३६.५४ वर्ग कि मी

४१०८

४५३७

५

१५०८०

१४३४३

२९४२८

१.४ बेलडाँडी गाउंपालीकाको नक्साः

 

                           १.५. गाउंपालिका क्षेत्र भित्र पर्ने नदि, खोलानालाहरु तथा तालहरुः

सि.न.

नदी /खोला

ताल/पोखरी

कैफियत

१

झरना खोला

चकोहा ताल

 

२

चौधर नदी

कुल्लाह ताल

 

३

भोग्ला नदि

कालिकिच ताल

 

४

 

मुर्कट्टा ताल

 

५

 

सिसौरा ताल

 

 

१.६ गाउंपालिका क्षेत्र भित्र पर्ने वनजगंल तथा सामुदायिक वनहरुः

१. किसान मध्यवर्ती सामुदायीक वन -झिलमिला

२. राधाकृष्ण सामुदायिक वन - राधापुर

 

 

 

 

१.७. गाउंपालिका क्षेत्र भित्र रहेका शैक्षिक संस्थाहरुको विवरणः

सि.न.

विध्यालयको नाम

वडा

१

रौलेश्वर मा वि

१

२

कालिका आ वि

१

३

सिद्धनाथ आ वि

१

४

कञ्चन आ वि

२

५

सिहपाल आ वि

२

६

त्रिशुलि आ वि

२

७

शैलेश्वरी आ वि

२

८

सिद्धनाथ मा वि

३

९

सरस्वती मा वि

१

१०

राधा कृष्ण आ वि

३

११

सरस्वती जनता मा वि

४

१२

बैजनाथ मा वि

५

१३

गणेश मा वि

५

१४

कालिका आ वि

५